काठमाडौँ । बागमती प्रदेश सभा सचिवालयको आह्वानमा आज हेटौँडामा सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रि-बजेट छलफलका लागि बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । साथै प्रदेश सभामा रहेका विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचनका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा छ ।
सर्वदलीय बैठकका लागि संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई बोलाइएको छ । गत चैत १९ गते बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएपछि संसद अधिवेशन अन्त्य गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची