काठमाडौँ । बागमती प्रदेश सभा सचिवालयको आह्वानमा आज हेटौँडामा सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकका अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रि-बजेट छलफलका लागि बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । साथै प्रदेश सभामा रहेका विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचनका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा छ ।
सर्वदलीय बैठकका लागि संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई बोलाइएको छ । गत चैत १९ गते बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएपछि संसद अधिवेशन अन्त्य गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची