काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी डोजर लगाएर समस्या समाधान नहुने बताएका छन् । बिहीबार भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा समस्या समाधान गर्नुपर्ने भन्दै जहाँसुकै जाऊ, खाए खाऊ र मरे मर भन्ने गर्न नहुने बताए । उनले गरिब र सुकुम्वासी देख्नै नहुने कुनैपनि सरकारले गर्न नहुने बताए ।
‘मैले परारको साल पनि भनेको थिएँ, सुकुम्वासीका प्लास्टिक हालेका छाप्रा छन् । भत्काउन जान्छ डोजर’, ओलीले प्रश्न गर्दै भने, ‘सुकुम्वासीका प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ?’
केही समयअघि काठमाडौँका सुकुम्वासी बस्तीमा मेयर बाले शाहले डोजर चलाएका थिए । उनले सुकुम्वासीलाई डोजर देखाउने नभई सुकुम्वासीका समस्या समाधान गर्नुपर्ने बताए । गरिबको बस्ती भत्काउनुको साटो व्यवस्थापन गर्न सकिने भन्दै यत्रो देशमा रहेका यति जनता व्यवस्थापन गर्न सकिने पनि बताए । उनले काठमडाँै उपत्यकामा ४८ सय घरपरिवारलाई घर बनाएर व्यवस्थापन गर्न सकिने भन्दै आवासको समस्या समाधान गर्न सकिने बताए । ‘भत्काउने होइन, बनाउने अभियान चलाऔँ’, ओलीले भने, ‘सरकारमा हाम्रो पार्टी जनताको काम गर्न गएको हो ।’ उनले नक्कली सुकुम्वासीका नाममा डोजर चलाउने गरिएको पनि बताए । सुकुम्वासीका छोराछोरी पनि डाक्टर इन्जिनियर हुनसक्ने भन्दै बनिबुथो गरेर सुकुम्वासीका छोराछोरी पनि डाक्टर इन्जिनियर बन्न सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का फुकुवा
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस
बयानमा ओलीलाई सोधिने प्रश्न तयार, जाँचबुझ आयोगले यस्तो प्रश्न सोध्दैछ ओलीलाई
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली