काठमाडौँ । आज अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेकी रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ । मन्त्री शर्माका अनुसार बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ ।
यसैबिच आजको बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना रहेको छ । जेठ १५ गते बजेट पेस गर्नुपर्ने भएकाले सरकार बजेट अधिवेशनको तयारीमा लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त