बुटवल । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।
वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।
गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन
विद्यालयमा १५ दिन बिदा कटौती
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्राबासमा बस्न इच्छुक
विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु
जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने