काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलवार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ ।बस्ती नजिकै रहेको सामुदायिक वनमा लागेको आगलागीबाट सानोपोटा गाउँमा क्षति पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ र चार शौचालय नष्ट भएको छ ।
आगलागीबाट रोशी–४ सानोपोटा बस्ने वर्ष ४२ वर्षीय प्रेम तामाङ, जनक तामाङ, रामबहादुर तामाङ, सत्यलाल तामाङ, तीर्थलाल तामाङ, धनकाजी तामाङ, पदमबहादुर तामाङ, प्रशान्त थिङ तामाङ, माया तामाङ, पलबहादुर तामाङ र साइली माया तामाङका घर, गोठ, नगद, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा र सरसामान नष्ट भएको प्रहरीले जनाएको छ ।
वडा नम्बर ४ का वडाध्यक्ष तेजबहादुर मगरका अनुसार घर नष्ट भएपछि पीडितहरु खुल्ला आकाशमुनि बस्दै आएका छन् ।
उनीहरूको बसाइ व्यवस्थापनका लागि गाउँपालिकाबाट त्रिपाललगायत सामान ल्याउने क्रममा रहेको उनले बताए ।
नेपाली सेना, स्थानीय र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ बैशाख २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना