काठमाडौं। काबुल- अफगानिस्तानको हेरात प्रान्तका मङ्लबार मस्जिदमा भएको आक्रमणमा एक महिला र एक बालकसहित पाँच जानाको मृत्यु भएपछि आफूहरूको सुरक्षाका लागि भक्तजनहरूले प्रशासनसँग आग्रह गरेका छन् ।सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणकारीको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।
बन्दुकधारीले साँझको प्रार्थनाका क्रममा पश्चिमी हेरातको गुजारा जिल्लाको मोहम्मदीयामा रहेको मस्जिदमा आक्रमण गरेका थिए ।हेरातका बासिन्दा मोहम्मद जमानले प्रार्थनास्थल सुरक्षित गर्न आह्वान गर्दै सरकारले सबै मस्जिदहरू सुरक्षित राख्नुपर्ने विषयमा ध्यान दिनु समग्र राष्ट्रवासीको माग भएको बताएका छन् ।
यसैबीच, राज्यले सुरक्षाको जिम्मा लिनुपर्ने बताउदै आगामी दिनमा नागरिकको सुरक्षाको सुनिश्चितताका लागि आग्रह गरेको अर्का बासिन्दा असदुल्ला किमेटलाई उद्धृत गरी टोलोन्युज जनाएको छ ।
हेरात शहरको पश्चिममा रहेको जाबरियालको छिमेकमा बन्दुकधारीहरूले दुई शिया पादरीसहितका बासिन्दाहरूलाई आक्रमण गरेको पाँच महिनापछि यो अर्को आक्रमण भएको हो । उक्त आक्रमणमा दुई जना महिलासहित ६ जनाको मृत्यु भएको थियो ।
हेरातका बासिन्दाहरूले आफ्नो प्रान्तमा आक्रमण गर्ने दोषीहरूको यथाशीघ्र पहिचान गरी उचित सजाय हुनुपर्ने माग गरेका छन् ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । घटनाको अनुसन्धान जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ बैशाख २०८१, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने