एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीका धेरै विद्यालयलाई बमले उडाउने धम्की आएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ती विद्यालयमा बम विस्फोट गराउने भन्दै इमेल आएका हुन्।
दिल्लीको द्वारकामा रहेको दिल्ली पब्लिक स्कुल (डीपीएस), पूर्वी दिल्लीको मयुर विहारमा रहेको मदर मेरी स्कुल तथा पुष्प विहारमा रहेका संस्कृति स्कुल र अमेठी स्कुललाई मेल पठाउँदै बम विस्फोट गराउने धम्की दिइएको हो।
दिल्लीका अलावा नोएडाको दिल्ली पब्लिक स्कुलमा पनि धम्कीको मेल आएको छ। त्यसपछि प्रहरी र विद्यालय प्रशासन सतर्क भएका छन्।
बालबालिकालाई बाहिर निकालिएको छ। धम्की आएका विद्यालयका बालबालिकालाई बिदा दिइएको छ।
घटनास्थलमा प्रहरी, बम स्क्वाड, डग स्क्वाड र दमकलसहितको टोली पुगेको छ। विद्यालयहरूले अभिभावकहरूलाई सन्देश पठाइरहेका छन्।
प्रहरीका अनुसार द्वारकाको दिल्ली पब्लिक स्कुललाई धम्कीको मेल प्राप्त भएको छ, जसमा विद्यालयमा बम रहेको लेखिएको छ।
विद्यालयलाई सावधानीका रूपमा खाली गराइएको छ। घटनास्थलमा दिल्ली प्रहरी, बम डिस्पोजल टोली र दमकल पुगेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १९ बैशाख २०८१, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन