काठमाडौं। वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भनेर ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका ११ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका १० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मङगला गाउँपालिका २ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
'सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भन्दै रु दुई लाख तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनेर रु ७८ लाख रकम लिएका उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो', उनले भने ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको पनि प्रवक्ता रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ