काठमाडौँ। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रालयहरू मन्त्रीविहीन रहे पनि कुनै काम नरोकिएको दाबी गरेका छन् ।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कँडेलले यो बिचमा ठुलै नीतिगत निर्णय गर्नुपर्ने कुनै काम नरहेको र मन्त्रालयबाट हुने कामहरू निरन्तर भइरहेको प्रस्ट पारेका हुन् ।
चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भए पनि उनले अहिलेसम्म सरकार विस्तार गर्न सकिरहेका छैनन् । केही मन्त्रालय फागुन २२ देखिनै मन्त्रीविहीन अवस्थामा छन् ।अहिले सबै मन्त्रालयको जिम्मेवारी कँडेल आफैँले सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ बैशाख २०८१, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)