बझाङ । बझाङ निर्वाचन क्षेत्र नं. १ स्थित अति विकट उच्च हिमाली क्षेत्रका मतपेटीकाहरु अझै सदरमुकाम चैनपुर पुग्न बाँकी रहेको छ ।
शनिबार भएको मतदानपछि केही स्थानको मतपेटीका पुर्याइएको छ भने, केही स्थानको पुग्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले चीनको तिव्वतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकास्थित याकुरी डाँडा, यारङकुरिङ, धुली र काँडाको मतपेटीका आउन बाँकी रहेको बताए । नेपाली सेनाको हेलिकप्टर मतपेटीका लिन विहान ७ बजे सो स्थानतर्फ गएको जानकारी दिए ।
सबै ठाउँका मत पेटिका आएपछि आज आइतबार नै मतगणना सुरु हुने बताइएको छ ।
बझाङमा भएको उपनिर्वाचनमा ४९. १२ प्रतिशत मत अर्थात ३० हजार ३२८ मत खसेको हो । ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तरी गोरखाका सबै मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो
हेलिकप्टरबाट गणना स्थल ल्याइयो उत्तरी गोरखाको मतपेटिका
डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने
उदयपुरमा प्रहरीकै हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति
१५ जिल्लाका ६१ स्थानको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने