बाँके । भारतमा हुन लागेको लोक सभा निर्वाचनमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने विषयमा नेपाल र भारतका अधिकारीहरूबीच छलफल भएको छ । बाँके र दाङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र भारतीय सीमावर्ती जिल्ला श्रावस्तीका डिस्ट्रिक मजिस्ट्रेट कृतिका शर्माबिच बिहीबार भएको समकक्षी समन्वय बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको हो । आगामी जेठ १२ (मे २५)मा श्रावस्ती जिल्लामा भारतीय लोक सभा निर्वाचन हुँदै छ ।
बैठकमा निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने विषयसँगै अवैध हातहतियार ओसार पसार, लागू औषध नियन्त्रण, मानव तस्करी र सीमा क्षेत्रमा हुन सक्ने अन्य अपराधका गतिविधि नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरूले संयुक्त निगरानी गर्ने, चेक पोइन्ट स्थापना, संयुक्त गस्ती पट्रोलिङ गर्ने र दुवै देशका सुरक्षा अधिकारीबिच सिधा सम्पर्क स्थापित गर्न सक्ने संयन्त्रको विकास गर्ने सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
लोकसभा निर्वाचनको दौरान दुवै सीमावर्ती जिल्लाका सीमा नाकाहरूमा चेकजाँच कडाइ गर्ने, ७२ घण्टालाई सिमानाका बन्द गर्ने, मतदानको दिन सीमावर्ती क्षेत्रमा मदिराको बिक्री वितरण र उपभोगमा रोक लगाउने सहमति भएको छ ।
अत्यावश्यक सेवाका दमकल, शव वाहन, एम्बुलेन्सलगायतलाई नरोकिने प्रजिअ पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध ७ विकेटले जित्यो नेपाल
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यूएईविरुद्ध ७ विकेटले निकाल्यो नेपालले शानदार जित