अर्थ सचिव मरासिनीले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

सफल खबर संवाददाता

विहीबार, १३ बैशाख २०८१, १६ : ४६
अर्थ सचिव मरासिनीले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं। अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको रुपमा शपथ लिएका छन् ।सर्वोच्च अदालतमा बिहीवार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्चका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार विमल पौडेल, सह–रजिष्ट्रारहरू हरिराज कार्की, ठगीन्द्र कट्टेल र अर्जुनप्रसाद कोइराला,  राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीको उपस्थिति थियो ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्चको प्रधानन्यायाधीश वा उनले तोकेका न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । 

 

प्रतिक्रिया दिनुहोस