गजल मुशायराले सिड्नीमा  २५ गजलकारलाई एउटै स्टेजमा उभ्याउँदै

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०७५, १४ : ४६
गजल मुशायराले सिड्नीमा  २५ गजलकारलाई एउटै स्टेजमा उभ्याउँदै

सिड्नी । ‘गजल मुशायरा परिवार‘ सिड्नीले आउँदो २३ सेप्टेम्बरका दिन सिड्नीमा २५ गजलकारलाई एउटै स्टेजमा दुई दुई वटा गजल सहित उभ्याउँदैछ । 

कार्यक्रमका संयोजक जितेन्द्र मल्लका अनुसार कार्यक्रममा अष्ट्रेलियाका, सिड्नी बाहेक, अरु शहरहरूबाट पनि गजलकारहरूले सहभागिता जनाउँदैछन् । कार्यक्रम दिउसो ३ः३० बजे, हर्स्टभिलको सिभिल थिएटरमा आयोजना हुँदैछ । कार्यक्रममा गजलवाचनसँगै गायन र नृत्यलाई पनि समावेश गरिएको छ । गजल मुशायराले यस अघि पनि सिड्नीमा चार वटा र अन्य शहरहरूमा दुई वटा कार्यक्रम सम्पन्न गरिसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस