इलामबाट फेरि वाम एकताको सन्देश दिन्छौं : हरिबोल गजुरेल

सफल खबर संवाददाता

बुधबार, १२ बैशाख २०८१, १५ : ४१
इलामबाट फेरि वाम एकताको सन्देश दिन्छौं :  हरिबोल गजुरेल

विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङ नेम्बाङलाई इलाबाट जिताउनु पर्ने बताएका छन् ।

नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभामा बोल्दै गजुरेलले नयाँ शिराबाट वामपन्थीहरूको एकताका लागि इलामले सन्देश दिनु पर्ने बताए । उनले २०७४ को निर्वाचनमा वामपन्थीहरू गठबन्धन भएको र पछि गठबन्धन टुटेका कारण धेरै पीडाहरू भएको बताए । ‘हामी इतिहासबाट पाठ सिकेर फेरि एक भएर आएका छौं’, उनले भने, ‘वामपन्थीको हाम्रो एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनु पर्छ ।’

उनले इलाम वामपन्थीहरूको किल्ला भएको दाबी गर्दै वामपन्थीहरुको किल्लाबाट एकताको सन्देश दिन आवश्यक रहेको बताए । चुनावी सभामा सुभाष नेम्बाङ्गको योगदानको चर्चा गर्दै सहाङ नेम्बाङको जीत भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस