सुर्खेत । करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका अन्दाजी २८ बर्षीय विशाल केसी रहेका छन्।
बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो । विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले अनुसार करेन्ट लागेर घाइते उनलाई प्रदेश अस्पताल लगिएको थियो।
चिकित्सकहरुले बेलुका ८ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका थिए । अहिले उनको मुचुल्का उठाइने काम भइरहेको र त्यसपछि पोस्टमार्टम गरिने नेपालीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा करेन्ट लागेर २ जनाको मृत्यु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
विद्युत् पोलमा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु
धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु