झापा। लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङ पक्राउ परेका छन् ।भारतबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।
धादिङ जिल्ला खन्याबास गाउँपालिका–५ बस्ने तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोमवार साँझ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यस सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ बैशाख २०८१, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
माइतीघरमा प्रदर्शन गर्न खोज्ने दुई जना पक्राउ
प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ
विभिन्न कारागारबाट भागेका १२ कैदी बन्दी गोरखाबाट पक्राउ