लगातार तेस्रो उपाधि नजिक पीएसजी

एजेन्सी

सोमबार, १० बैशाख २०८१, ०७ : २८
लगातार तेस्रो उपाधि नजिक पीएसजी

एजेन्सी । लियोनलाई आफ्नो घरेलु मैदानमा सजिलै हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) लगातार तेस्रोपटक लिग वानको उपाधि जित्ने नजिक पुगेको छ । आइतबार भएको खेलमा पीएसजी ४–१ गोलले विजयी बन्यो ।

किलियान एम्बाप्पे बिना खेलको सुरुवात गरेको पीएसजीले खेलको तेस्रो मिनेटमा नै नेमान्जा माटिचको आत्मघाती गोलको मद्दतले अग्रता लिएको थियो । ३ मिनेटपछि लुकास बेराल्डोले टोलीको अग्रता दोब्बर बनाए ।

३२ औँ मिनेटमा गोनकालो रामोशले तेस्रो गोल गरे । अर्नेस्ट नुमाहले लियोनका लागि एक गोल फर्काए पनि ४२ औँ मिनेटमा रामोशले अर्को गोल थप्दै टोलीलाई सहज जित दिलाए ।

पीएसजीले लिगको शीर्ष स्थानमा ११ अङ्कको अग्रता बनाएको छ । २९ खेलपछि पीएसजीको ६६ अङ्क छ । मोनाको ५५ अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस