काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्परागत भन्दा फरक हुने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि महेन्द्रनगर जाने क्रममा आइतबार धनगढी विमानस्थलमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
‘वैज्ञानिक, वस्तुवादी र जनमैत्री नीति तथा कार्यक्रम र बजेट बनाउदैछौं,’ प्रधानमन्त्रीले भने ‘ड्राफ्ट तयार भइसकेको छ ।’ प्रधानमन्त्री दाहालले एमाले-माओवादीसहितको वर्तमान समीकरण पूरै अवधि टिक्ने दाबी पनि गरेका छन् । वर्तमान सत्ता समीकरणको आयुलाई लिएर अहिले बजारमा चलिरहेका हल्लाको कुनै अर्थ नभएको उनले बताए । उनले प्रदेशमा सरकारहरू गठनको क्रम अन्तिम चरणमा पुगेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ बैशाख २०८१, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान शासन व्यवस्थाको विकल्प छैनः प्रचण्ड
आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड
चुनावमा गरेको वाचा बिर्सिएको छैन : प्रचण्ड
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
समाजवाद उन्मुख शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ : प्रचण्ड
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड