काठमाडौँ । नेकपा एमालेको गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ ।
प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची रहेको जानकारी दिइएको छ ।
शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् ।
आज ति प्रतिवेदनमाथि सामुहिक छलफल गरि सुझाव माग गरिएको छ । परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् । एमालेको यस परिषद् बैठकमा पार्टीको आगामी कार्यदिशा र वर्तमान अवस्थाको समीक्षा हुने बताइएको छ ।
सोमबार नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा सम्मानलगायत विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरूलगायत शीर्ष नेताहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ बैशाख २०८१, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्यासलमा पाल टाँगेर एमालेले सुचारु गर्यो केन्द्रीय कार्यालय
जेन जी विद्रोहको तोडफोड र आगजानीमा एमाले कार्यकर्ताकै संलग्नता रहेको खुल्यो रहस्य
एघारौँ महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय
एमाले केन्द्रीय कमिटी बैठक : सुरु भयो तेस्रो दिनको छलफल
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा
एमालेको केन्द्रीय कमिटी बैठक सुरु