काठमाडौँ । एसीसी टी-२० प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ। ओमनमा शनिबार भएको खेलमा हङकङले नेपाललाई चार विकेटले पराजित गरेको हो। नेपाल दिएको १४० रनको लक्ष्य हङकङले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।
हङकङका लागि प्रारम्भिक ब्याटर अंशी राठले उत्कृष्ट पारी खेले। उनी ५० बलमा ६५ रन बनाउँदै अविजित रहे।त्यस्तै, बाबर हयातले २६, ऐजाज खानले १२ र नर्सुल्ला रानाले ११ रन बनाए। नेपालका लागि सोमपाल कामीले तीन र दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले नेपालले आठ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। नेपालका लागि ऐरीले ४० रन बनाए। उनले २९ बलमा चार चौका र तीन छक्का प्रहार गरे।त्यस्तै, सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
हङकङका लागि आयुष शुक्लाले तीन, अतीक इक्बल, यासिम मुर्ताजा र इसान खानले एक-एक विकेट लिए।हङकङसँग पराजित भएसँगै नेपालको एसीसी इमर्जिङ टिम्स एशिया कपको यात्रा पनि टुंगिएको छ। यो जितसँगै हङकङ इमर्जिङ कपका लागि छनोट भएको छ। प्रिमियर कपका विजेता र उपविजेतासँगै तेस्रो हुने टोली पनि इमर्जिङ कप खेल्न पाउनेछ।
त्यस्तै, प्रतियोगिताको विजेता टोली एशिया कप खेल्न पाउनेछ। एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
स्कटल्यान्डमाथि नेपालको सहज जित
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै