रुपन्देही । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र माओवादी केन्द्र सच्चिए दुई वर्षभित्र सबै वामपन्थी दलहरुबीच एकता भई बलियो शक्ति बन्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार आयोजना गरेको कार्यक्रममा नेता भुसालले एमाले व्यक्ति पूजा र माओवादी केन्द्र माओवादबाट माथि उठेपछि वामपन्थी एकताका लागि यही विषयबाट अगाडि बढ्नुपर्ने बताए ।
आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने केपी ओली सच्चिएपछि मात्रै अहिलेको समीकरण बन्न सम्भव भएको उनको भनाइ छ ।‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको हो, नेपालको भविष्य ठीक बनाउन वामपन्थी शक्तिबीच एकता आवश्यक छ भन्ने विषयमा धेरैलाई महसुस भएको छ’, नेता भुसालले भने, ‘आफूबाहेक अरुलाई कम्युनिष्ट र वामपन्थी नदेख्ने केपी ओली त्यसै अहिलेको समीकरण बनाउन तयार भएको अवस्था होइन, पार्टीभित्र र बाहिर सबैतिरबाट अब एक्लै अघि बढ्न सकिन्न भन्ने सुझाव आएपछि विगतका कमी कमजोरी गल्ती रियलाइजेसन गरेर नै यो समीकरण सम्भव भएको हो ।’
उनले ओली र प्रचण्ड दुबैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउँ नभएको तर्क गरे । नेता भुसालले एमाले र माओवादी दुबै पार्टीभित्रका जडता र कमजोरीहरु हटाउन आवश्यक रहेको जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?