रुपन्देही । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र माओवादी केन्द्र सच्चिए दुई वर्षभित्र सबै वामपन्थी दलहरुबीच एकता भई बलियो शक्ति बन्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार आयोजना गरेको कार्यक्रममा नेता भुसालले एमाले व्यक्ति पूजा र माओवादी केन्द्र माओवादबाट माथि उठेपछि वामपन्थी एकताका लागि यही विषयबाट अगाडि बढ्नुपर्ने बताए ।
आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने केपी ओली सच्चिएपछि मात्रै अहिलेको समीकरण बन्न सम्भव भएको उनको भनाइ छ ।‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको हो, नेपालको भविष्य ठीक बनाउन वामपन्थी शक्तिबीच एकता आवश्यक छ भन्ने विषयमा धेरैलाई महसुस भएको छ’, नेता भुसालले भने, ‘आफूबाहेक अरुलाई कम्युनिष्ट र वामपन्थी नदेख्ने केपी ओली त्यसै अहिलेको समीकरण बनाउन तयार भएको अवस्था होइन, पार्टीभित्र र बाहिर सबैतिरबाट अब एक्लै अघि बढ्न सकिन्न भन्ने सुझाव आएपछि विगतका कमी कमजोरी गल्ती रियलाइजेसन गरेर नै यो समीकरण सम्भव भएको हो ।’
उनले ओली र प्रचण्ड दुबैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउँ नभएको तर्क गरे । नेता भुसालले एमाले र माओवादी दुबै पार्टीभित्रका जडता र कमजोरीहरु हटाउन आवश्यक रहेको जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल