काठमाडौँ । नेपालले हङकङलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। दीपेन्द्र सिंह ऐरीले अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेपछि नेपालले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १३९ रन बनाएको हो। ऐरीले अन्तिम ओभरमा २० रन बनाए। २९ बल खेलेका ऐरी अविजित ४४ रन बनाए।
ऐरीबाहेक प्रमुख ब्याटरहरू भने चल्न सकेनन्। ओपनर कुशल भुर्तेल फेरि शून्यमा आउट हुँदा आशिफ शेख ५ रन बनाएर पेभेलियन फर्किए।तेस्रो नम्बरमा आएका सोमपाल कामीले १२ रन बनाउँदा कप्तान रोहित पौडेले २१, सन्दीप जोराले २२, कुशल मल्लले १३, गुल्शन झाले ६ रन बनाएर आउट भए। सन्दीप र गुल्शन भने रनआउट भएका थिए।
नेपाल शुक्रबार युएईसँग ६ विकेटले पराजित भएको थियो। दोस्रोपटक एसिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको थियो। तेस्रो प्लेसका लागि भइरहेको खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको थियो। तेस्रो हुने टोलीले इमर्जिङ एसिया कप खेल्नेछ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर