चितवन । भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने बिदेशी कम्पनीका होडिङ बोर्ड हटाउन सुरु गरेको छ । आइतबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिक स्थान र पसलहरुमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो । महानगर प्रहरी प्रमुख कृष्णहरी ढकालका अनुसार महानगरपालिकाले पटक–पटक ताकेता गर्दापनि करको दायरामा नआएपछि होडिङ बोर्ड हटाइएको बताए ।
महानगरपालिकाले महानगरभित्र विज्ञापनका होडिङबोर्ड राख्ने जिम्मा प्रनिस कन्सट्रक्सनलाई दिएको छ । कन्सट्रक्सनका प्रतिनिधिसहित महानगर प्रहरीले बजार क्षेत्रबाट बाल्ट्रा, सुपर जनरल, होम ग्यालरी, तयारी वेयरलगायतका कम्पनीको होडिङ बोर्ड हटाएको ढकालले जानकारी दिए।
‘महानगरको मापदण्ड अनुसार विज्ञापन राखिएका होडिङ बोर्डको राजस्व बुझाउनुपर्ने हुन्छ, उहाँले भन्नुभयो, केही कम्पनीले विगत तीन वर्षदेखि राजस्व बुजाएका छैनन ।’प्रनिस कन्सटक्सनका बजार प्रतिनिधि दिपक घिमिरेले कर तिर्न समय दिएपनि अटेर गरेपछि होडिङबोर्ड हटाउन बाध्य भएको बताए । उनले कर नतिर्ने अन्य कम्पनीलाई पनि क्रमश करको दायरामा ल्याइने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता