काठमाडौँ । शनिबारदेखि सुरु हुने नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पुरा भएको छ । शुक्रबार एमाले प्रचार विभागले पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो ।
परिषद् बैठक ललितपुरको सनराइज हलमा दुई दिनसम्म चल्ने छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, र केन्द्रीय पदाधिकारी गरी २ हजार ४५४ जना सहभागी हुने पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् । त्यस्तै लेखा र निर्वाचन आयोगका प्रतिवेदन पनि पेस हुनेछन् । बैठकले पार्टीको समग्र कामको समीक्षा र आवश्यक निर्देशन दिने एमालेले जनाएको छ । दुई महाधिवेशनको बिचमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ ।
त्यस्तै वैशाख १० गते पार्टी स्थापना दिवसका अवसरमा हीरक महोत्सव आयोजना गर्दैछ । जसमा एक जनालाई सम्मान गर्ने एमालेले जनाएको छ । महोत्सवमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेता सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह