भारतमा ज्येष्ठ नागरिक र अपांगता भएकालाई पहिलोपटक घरबाटै मतदान गर्ने अधिकार

सफल खबर संवाददाता

शुक्रबार, ०७ बैशाख २०८१, ११ : १५
भारतमा ज्येष्ठ नागरिक र अपांगता भएकालाई पहिलोपटक घरबाटै मतदान गर्ने अधिकार

काठमाडौं। भारतमा आजदेखि शुरू भएको पहिलो चरणको लोकसभा निर्वाचनमा पहिलोपटक ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकलाई घरमै बसेर मतदान गर्ने अधिकार दिइएको छ । भारतको निर्वाचन आयोगले पहिलो पटक ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरमै बसेर मतदान गर्ने अधिकार दिएको हो ।

पहलोपटक उनीहरूले घरमै बसेर मतदान गर्ने अधिकार पाएका छन् । भारतमा आज लोकसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान भइरहेको छ ।

केही सातादेखि निर्वाचन आयोगका अधिकारीले वृद्धवृद्धा र अपांगता भएका व्यक्तिका घर–घरमा पुगेर मतपत्र संकलन गरिरहेका छन् । भारतमा ८५ देखि ९९ वर्ष उमेर समूहका ८२ लाख मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस