सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल

सफल खबर संवाददाता

शुक्रबार, ०७ बैशाख २०८१, ०७ : ४४
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस