काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले दूसञ्चार सेवाको अभावमा मुलुकको सर्वांर्गीण विकास असम्भव छ भने।
‘दूरसञ्चार सेवा गुणस्तरीय भएन, सबै नागरिकको पहुँचमा गुणस्तरीय सेवा नपुग्दा मुलुकको विकासमा बाधा पुग्छ’, मन्त्री शर्माले भने, ‘सरकारी शेयर भएका कारण पनि टेलिकमले मुनाफा नभए पनि दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्ने दायित्व अगाडि छ।’ दूरसञ्चार सेवालाई गुणस्तरीय बनाएर लैजानुपर्नेमा जोड दिँदै मन्त्री शर्माले ‘डिजिटल डिभाइड’ न्यूनीकरण गर्न विशेष योजना ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिए।
‘आजका दिनमा पनि ‘डिजिटल डिभाइड’ कायमै छ, सबै वडामा दूरसञ्चार सेवा पु¥याउनु आजको आवश्यकता हो’, उनले भने, ‘मुलुकका सबै भूभागमा गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्य हासिल गर्न कम्पनीले गम्भीर भएर सोच्नुपर्छ, यसका लागि मन्त्रालयले सहजीकरण गर्छ।’ टेलिकमलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन उच्च व्यवस्थापनको ध्यानाकर्षण गराउँदै उनले कम्पनीलाई मुनाफामा लैजाने व्यावसायिक योजना ल्याउन आग्रह गरे।
मन्त्री शर्माले पेसागत हकहित र संस्थाको श्रीवृद्धिमा अनवरतरुपमा क्रियाशील हुन सम्पूर्ण कर्मचारीलाई आह्वान गर्दै तालिममा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा लगाउन सुझाव दिए। ‘कर्मचारीको सेवा सुविधालाई समयानुकूल परिमार्जनका लागि मन्त्रालयले समन्वय र सहजीकरण गरिरहेको छ’, उनले भने, ‘कर्मचारीले भोग्दै आएको अप्ठ्यारा विषयलाई मन्त्रालयले ध्यान दिएको छ, मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्नुभयो।’
कार्यक्रममा टेलिकममा क्रियाशील पेसागत संघसंगठनका प्रतिनिधिले टेलिकम क्षेत्रमा देखिएका चुनौती समाधान गर्न, नयाँ परियोजना सञ्चालन गर्न, कर्मचारीको सेवा सुविधा समयानुकूल परिमार्जनका लागि व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वदेशमै इन्टरनेट ब्यान्डविथको सम्भावनाको खोजी गर्न समिति गठन
टेलिकमको विकासमा आत्म समीक्षा जरुरी : मन्त्री शर्मा
विज्ञापन नीति चाँडै बन्छ : मन्त्री शर्मा
दाङको टरिगाउँ विमानस्थलबारे सञ्चारमन्त्री शर्मासँग छलफल
एनसेलबारे छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिन्छ : मन्त्री शर्मा
कागजरहित सरकार विकास गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु