जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मंगलबार) विश्वासको मत लिँदैछन्।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि मंगलबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश संसद सचिवालयले जनाएको छ।
आफूलाई विश्वासको मतको लागि कुनै समस्या नरहेको मुख्यमन्त्री यादवले बताए। ‘हामी गठबन्धनमा छौँ, विश्वासको मतको लागि कुनै समस्या छैन,’ मुख्यमन्त्री यादवले भने, ‘मलाई आरामले विश्वासको मत प्राप्त हुन्छ।’
केन्द्रमा नयाँ गठबन्धन बनेपछि मधेस सरकारबाट कांग्रेस बाहिरिएको थियो। प्रदेश सरकारबाट कांग्रस बाहिरिएको र एमाले सरकारमा सहभागी भएपछि प्रदेश प्रमुख यादवले विश्वासको मत लिन लागेका माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले जानकारी दिए।
१५ महिनाअघि मुख्यन्त्री नियुक्त भएका यादवले चौथोपटक विश्वासको मत लिन लागेका हुन्।
यसअघि केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गएको चैत ५ गते कांग्रेस बाहिरिएको थियो। बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।
सरकारमा रहेका दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।
जसपा नेता यादव २७ पुस २०७९ मा नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा र नेपाल संघिय समाजवादी पार्टीका ६३ प्रदेशसभा सदस्यको समर्थनमा मधेस सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए।
१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ। हाल कांग्रेस र जनमत पार्टी यादवको विपक्षमा छन्।
मधेस प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने
सर्वोच्चले दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैन–मुख्यमन्त्री यादव