प्रसिद्ध ‘जिब्रो छेड्ने’ जात्रा आज

सफल खबर संवाददाता

आइतबार, ०२ बैशाख २०८१, १२ : ००
प्रसिद्ध ‘जिब्रो छेड्ने’ जात्रा आज

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाईंदैछ।  हरेक वर्ष वैशाख २ मा मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २८ वर्षीय सुजन बाग; श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन्। 

युवाहरूले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको श्रेष्ठले बताएका छन्।नवौँ पटक जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको कान्छो छोरा सुजनले गएको वर्ष पनि जिब्रो छेडाएका थिए। जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वाश छ । 

मध्यपुर ठिमी वडा नम्बर २ मा रहेको गणेशको मन्दिर अगाडि गरेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ।त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्दछन्। परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ।

मध्यपुरथिमि क्षेत्रमा आजै ३२ खटसहितको सिन्दुर जात्रा मनाइदैछ। बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछ।

प्रतिक्रिया दिनुहोस