कुमारी बैंकको नयाँ वर्ष अफर : भाग्यशाली १ जनालाई आईफोन–१५ उपहार

सफल खबर संवाददाता

शनिबार, ०१ बैशाख २०८१, १५ : ४५
कुमारी बैंकको नयाँ वर्ष अफर : भाग्यशाली १ जनालाई आईफोन–१५ उपहार

काठमाडौं। कुमारी बैंकले ‘नयाँ वर्ष २०८१, जितौं आईफोन–१५ एक्कासि’ अफर सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्ग अनुभव अभिवृद्धिका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान अन्तर्गत ब्रान्ड न्यू आईफोन–१५ जित्न सकिने अफर सार्वजनिक गरिएको बैंकले जनाएको छ।

 

यस अभियान अन्तर्गत बैंकका नयाँ तथा पुराना ग्राहकहरूले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० रुपैयाँको टपअप र कुनै पनि एउटा डाटा प्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यू आईफोन–१५ जित्न सक्नेछन् ।यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता भएको हुनुपर्नेछ ।​

 

 

बैंकका अनुसार यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ ।नेपाली वित्तीय बजारमा आधुनिक बैंकिङ्ग सेवाहरू उपलब्ध गराउने उद्देश्यले कुमारी बैंक लिमिटेड २०५७ चैत २१ गतेबाट बैंकिङ्ग कारोबार शुरू गर्दै नेपालको पन्ध्रौं वाणिज्य बैंकको रुपमा अस्तित्वमा आएको हो ।

कुमारी बैंक लिमिटेडले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ्ग एकाइहरू सहित देशका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरू मार्फत आधुनिक बैंकिङ्ग सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस