एमाले पर्वतको अध्यक्षमा पहाडी निर्वाचित

सफल खबर संवाददाता

शनिबार, ०१ बैशाख २०८१, १५ : १५
एमाले पर्वतको अध्यक्षमा पहाडी निर्वाचित

काठमाडौं। नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।निकटतम् प्रतिद्वन्द्धी पदमपाणि शर्मालाई १ सय २१ मतले पराजित गर्दै पहाडी विजयी बनेका हुन् ।

 

पहाडीले दुई सय ४८ मत प्राप्त गर्दा शर्माले एक सय २७ मत मात्र प्राप्त गरेका थिए ।त्यसैगरी, उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवाचन्द्र पौडेल, उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिला उपसचिवमा विन्दु अधिकारी निर्वाचित बनेका छन् ।

सदस्यहरूमा अधिकांश पहाडी समूहका उम्मेदवार विजयी भएका छन् । पहाडीलाई कानून, न्याय, तथा संसदीय मामिलामन्त्री पदम गिरीको समर्थन थियो ।अन्य पदमा सर्वसम्मत भए पनि २७ पदमा निर्वाचन भएको थियो ।सहमतिको प्रयास असफल भएपछि अन्ततः मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस