क्रिकेटः मलेसियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

सफल खबर संवाददाता

शुक्रबार, ३० चैत्र २०८०, १६ : ३८
क्रिकेटः मलेसियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ ।एसिसि प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले टस हारेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा भर्खरै भएको टसमा मलेसियाका कप्तान भिरनदीप सिंहले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका छन् ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा छन् । त्यस्तै बेन्चमा प्रतिश जिसी, विवेक यादव र अनिल शाह छ्न ।

आजदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलिको सहभागिता छ । 

प्रतिक्रिया दिनुहोस