अत्तरिया । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्रीवितरण गरेको जनाएको छ ।
नयाँ शैक्षिकसत्र २०८१ का लागि प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको हो । उक्त पुस्तक बिक्रीवितरणबाट १८ करोड बराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार केन्द्रले आगामी शैक्षिकसत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ । प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए ।
“सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ । केही छुटेका ठाउँमा पनि शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पु¥याउँछौँ”, उनले भने, “हामीसँग पाठ्यपुस्तक पर्याप्त छ । कैलाली र कञ्चनपुरमा पनि अधिकांश ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी पाठ्यपुस्तक शैक्षिक सत्रअगावै पुग्छ ।”
केन्द्रले यही चैत १३ गतेदेखि पाठ्यपुस्तक बिक्रीवितरण सुरु गरेको थियो भने सबैभन्दा पहिले प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पाठ्यपुस्तक ढुवानी सुरु गरेको थियो । कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रले बिक्रीवितरण गर्दै आएकामा आगामी शैक्षिकसत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक २० प्रतिशत छुटमा बिक्रीवितरण गरिरहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए ।
चालु शैक्षिकसत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ चैत्र २०८०, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण