काठमाडौं । नेकपा एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटुवालले पदबाट राजीनामा दिएका छन् । गुट उपगुटका कारण जिल्ला अधिवेशनमा निर्णय गर्ने र प्रमाणीकरण गर्न पाउने आफ्नो अधिकार कुण्ठित भएको भन्दै उनले जिल्ला अध्यक्ष र पार्टी सदस्य दुवैबाट राजीनामा दिएका हुन् ।
जिल्ला इञ्चार्जमार्फत् प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले लेखेका छन्, ‘मेरो झण्डै ३४ वर्षको राजनीतिक जीवन भोगाइमा यस्तो शैली मैले कहिले अनुभूत गरेको थिइनँ । मैले गरेको पार्टी योगदानको अर्थ र औचित्य नै नदेखेपछि जिल्ला अध्यक्ष र पार्टी सदस्य दुवैबाट राजीनामा पेस गरेको छु ।’
नेकपा एमाले ओखलढुंगाको दशौं जिल्ला अधिवेशन यही चैत २६ र २७ गते थियो । चैत २५ गते उदघाटनसत्र समापन भएपछि बन्दसत्र सुरु भएपछि गठन गरिएको अध्यक्ष मण्डलको अध्यक्ष पदमा उनी छन् ।
चैत २७ गते निर्वाचन समितिलाई प्रतिनिधिहरुको नाम टुंग्याई बुझाउने क्रममा र मतदाता नामावली प्रकाशन गर्ने चरणमा प्रवेश गरेपछि पार्टी सदस्य संख्या, सदस्यहरुको वैधानिक क्षेत्राधिकार र प्रतिनिधिहरुको वैधानिकतामा विवाद भएको थियो । त्यसमा चित्त नबुझेपछि अध्यक्ष कटुवालले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ चैत्र २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प