काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ओलाङचुङ्गोला जाँदैछन । समुद्री सतहबाट ५२०० मिटर उचाइमा रहेको ओलाङचुङ्गोलामा ओली जान लागेका हुन् ।
‘आज म ताप्लेजुङस्थित ओलाङ्चुङ्गोला जाँदै छु । ओलाङ्चुङ्गोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । ओलाङ्चुङ्गोला नजिकैको गोला गाउँको तस्विर राख्दै उनले सो जानकारी दिएका हुन, सो बस्ती जो ३२०० मिटर उचाइमा रहेको छ ।
‘यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि वताउने छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ चैत्र २०८०, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी