काठमाडौँ । बझाङमा वैशाख १५ गते हुने प्रदेशसभा उपनिर्वाचनका लागि ११ राजनीतिक दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ। नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएसँगै ११ जनाको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन आयोगले उम्मेदवारलाई चिह्न प्रदान गरेको हो।
नेकपा एमालेका दमन भण्डारीलाई सूर्य, नेपाली काँग्रेसका अभिषेकबहादुर सिंह रुख, नेकपा माओवादी केन्द्रका जनक बुढालाई हँसिया हतौडा, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहलाई कलम, राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्कालाई हलो प्रदान गरिएको छ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीलाई मादल, जनमत पार्टीका सुशीला विष्टलाई लाउड स्पिकर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्कालाई दापसहितको खुकुरी, जनता समाजवादी पार्टीका रामबहादुर जाग्रीलाई ढल्केको छाता, नेसनल रिपब्लिक नेपालका कमल घर्तीमगरलाई उडिरहेको माकुरी र राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापालाई आमा चिह्न प्रदान गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय