काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्नको लागि संसदीय समिति बनाउनु पर्ने अडानलाई कायमै राखेको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले निर्दोष भए छानबिन समिति बनाउनबाट किन भागेर हिँड्नुपर्यो ? भन्दै प्रश्न गरे।
उनले भने- हामीले छानबिनको माग गर्दा म निर्दोष छु छानबिन हुनु हुँदैन भनिन्छ। हामीले कसैलाई दोषी करार गरेका छैनौँ। निर्दोष छ भने एउटा संसदीय छानबिन समिति गठन गरौँ त्यो समितिले जे भन्छ त्यसलाई हामी मान्न तयार छौँ भन्दा किन सरकार अड्किएर बसेको छ ? हामीले फेरि पनि भन्यौँ हामीले कसैसँग पूर्वाग्रह राखेका छैनौँ। हामी कसैलाई फसाउन चाहँदैनौँ। तर, गल्ती छैन भने भन्न सक्नुपर्यो मेरो केही गल्ती छैन छानबिन गरियोस्, गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन ? किन सरकार समिति बनाउनबाट भागेर हिँडिरहेको छ।
आफूहरू संसद् अवरोध गर्ने पक्षमा नरहेको बताउँदै उनले सरकार नै सहमतिको बाटोमा नहिँडेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?