काठमाडौँ । नेकपा एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही निर्वाचित भएका छन्। सातौँ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा नरेन्द्रले प्रतिस्पर्धी खिमबहादुर शाहीलाई ८ मतले पराजित गरेका हुन्। नरेन्द्रले १९४ मत ल्याए भने निवर्तमान अध्यक्ष खिमबहादुर शाहीले १८६ मत पाए।
उपाध्यक्षमा विष्णुविक्रम शाह १८२ मत ल्याए। निर्वाचित भए भने उनका प्रतिस्पर्धी मोतिलाल वलीले १७५ मत ल्याए। सचिवमा गोपालबहादुर नेपाली निर्वाचित भए। गोपालले १८८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नरबहादुर बस्नेतले १७१ मत ल्याए।
खुला उपसचिवमा तप्तबहादुर हमाल निर्वाचित भए। उनले १८१ मत प्राप्त गरे भने प्रतिस्पर्धी भक्तबहादुर बस्नेतले १५७ मत ल्याए।महिला उपचसचिवमा सुनीता बोहोरा निर्वाचित भइन्। उनले १९३ मत पाउँदा प्रतिस्पर्धी हरिकला जोशीले १५१ मत ल्याइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न