काठमाडौं। सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विषयलाई लिएर सत्ता प्रतिपक्षका सांसद आमने-सामने भएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले सत्तापक्षका सांसदलाई बोल्न समय दिएपछि प्रतिपक्षी सांसदले संसद्मा होहल्ला गरेका छन् । बैठकमा गृहमन्त्री लामिछाने उपस्थित थिए ।
सत्ता र प्रतिपक्षी दलका सांसद उठेर सवाल जवाफ गर्न थालेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । रवि लामिछाने माथि संसदीय छानबिनको अल्टिमेटम दिएको कांग्रेसले आज संसद् अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।
संसद बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा गरेको छलफल निष्कर्षविहीन बनेको थियो । संसदीय दलबाट निर्णय गराएरै कांग्रेसले रविमाथि संसदीय छानबिन समिति पार्टीको बटमलाइन भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
विपक्षी अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित