काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति नबनेसम्म सदन चल्न नसक्ने स्पष्ट पारेको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकाल्दै संसदीय समिति गठनबेगर सदन नचल्ने स्पष्ट पारेको हो ।
बैठकले पार्टीको बटमलाइन नै समिति गठन भएको निर्षकर्ष निकालेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सानातिना विषयमा कांग्रेसले सदन अवरोध नगर्ने बताउँदै नेता लेखकले सहकारीमा लाखौँ हिनामिना प्रकरणमा गृहमन्त्रीको संलग्नता देखिएकाले छानबिन जरुरी रहेको बताए ।
'सहकारीमा लाखौ नागरिकले आफ्नो अर्बौ रकम जम्मा गरेका छन् । त्यसको अपचलन भएको छ । यसले धेरै मानिस पीडित भएका छन् । सरकारको बहालवाला मन्त्रीसमेत अपचलन गर्ने कुरामा देखा परेका छन्,' उनले भने, 'कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनको काममा सहभागी भएको कुरा उठाइरहेको । त्यसका निम्ति संसदीय छानबिनको माग गरिरहेका छौं । आजको बैठकले हाम्रो माग उचित छ भन्ने ठहर गरेको छ ।
कांग्रेसले संसदीय छानबिन समिति गठन गर्ने माग गरेको छ।'कांग्रेसको मागमा सरकार गैरजिम्मेवार तबरले प्रस्तुत भए सदन अवरोधको जिम्मा पनि उसैले लिनुपर्ने उनले बताए । 'कांग्रेस संसद् अवरोध चाहँदैन । कांग्रेसको मागप्रति सरकार गैरजिम्मेवार भएर संसद् अवरुद्ध भए त्यसको जिम्मा सरकारले लिनुपर्छ ।'
कांग्रेसले संसदीय छानबिन समिति गठनबेगर गृहमन्त्रीको कुरा पनि नसुन्ने बताएको छ । 'हामीले प्रधानमन्त्रीको कुरा सुन्यौँ । प्रधानमन्त्री यो सरकारको मुखिया हो । उहाँको कुरा सुनेपछि अर्को मन्त्रीको कुरा सुन्ने कुरा आउँदैन । मन्त्रीको अर्को कुरा आउने होइन किन सुन्ने ?,' उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल