काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन् । सभामुखको कार्यकक्ष सिंहदरवारमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरुबीच छलफल भइरहेको हो ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले छलफल राखेका हुन् ।
छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रमुख सचेतक हितराज पाण्डे, एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, रास्वपाबाट सभापति रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।
उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यसअघि अघिल्लो संसद बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद बैठकमा सरकार छानबिन समितिसहित नआए बैठक चल्न नदिने अल्टिमेटम दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ चैत्र २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे