काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अनुसन्धानका क्रममा विभिन्न कैफियत देखिएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।
निज भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा २ रोपनी ९ आना एक दाम र दुई आना एक पैसा गरी दुई कित्ता जग्गा खरिद गर्दा बिक्रेताको खातामा जम्मा गरेको रकमको स्रोत खोजी गरिएको आयोगले जनाएको छ ।
जसअनुसार भट्टराईले उक्त जग्गा खरिद गर्न लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपाइटरसँग घुस माग गरी प्रोपाइटरकै खाताबाट सोझै जग्गा बिक्रेताको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी जम्मा ८० लाख जम्मा गराएको छानबिनबाट देखिएको आयोगले जनाएको छ ।
सोही आधारमा भट्टराईलाई ८० लाख रुपैयाँ विगो कायम गरी कैद र विगो बमोजिम जरिवाना मागदाबीका साथ आयोगले मुद्दा दायर गरेको हो ।
यस्तै, भट्टराईकी आमा जनक नन्दनीलाई पनि भ्रष्टाचारको मतियार भएको आरोपमा प्रतिवादी बनाउँदै ८० लाख नै विगो कायम गरी सजाय तथा विगो बमोजिम जरिवाना मागदाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस
माछा नै नभएको ठाउँमा माछापोखरी देखाएर भ्रष्टाचार गरियो : अख्तियार
अख्तियार विधेयक अघि बढाउन विपक्षी दलहरूको माग
इन्जिनियरविरुद्ध साढे ३ करोडको भ्रष्ट्राचार मुद्दा दायर
पोखरा महानगरका अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर