काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्ने भएको छ ।
बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार साँझ ५ बजे बस्ने तय छ ।
बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारी उपस्थिति र भूमिकाको सम्बन्धमा छलफल हुने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
यस्तै, संसदमा प्रस्तुत विधेयकहरूमाथि पार्टीको साझा धारणा बनाउने, रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले गरेका काममा सम्बन्धमा समेत बैठकमा छलफल गर्ने एजेन्डा रहेको परियारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने
रास्वपाका उम्मेदवारका प्रस्तावक–समर्थकका लागि ५ बुँदे मापदण्ड
रास्वपा महाधिवेशन : नेतृत्व नचुनिदैं मनोनितको लफडा
रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण
रास्वपाको बन्दसत्र आजलाई स्थगित
पार्टीमा कुनै समूह छैन: मनिष झा