काठमाडौँ । फागुन १५ गते हुने उपनिर्वाचनका लागि इलाम–२ मा नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति भएको छ ।
जसअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्रले समर्थन गर्नेछ ।
माओवादी केन्द्र इलामका अध्यक्ष विजय खम्बु र एमाले इलामका अध्यक्ष महेश बस्नेतले संयुक्त अपिल जारी गर्दै सुहाङलाई साझा उम्मेदवार तय गरिएको उल्लेख गरेका छन् ।
एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तालमेल गर्ने उच्चस्तरीय सहमिति भएकाले सुहाङलाई साझा उम्मेदवारका रुपमा विजयी गराउन सम्पूर्ण मतदातालाई आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)