काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आज विश्वासको मत लिँदै छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै फागुन २३ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने भएका हुन् ।
त्यसका लागि प्रदेश सभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार मुख्यमन्त्री चौधरी आज विश्वासको मत लिन लागेका हुन् । तर, प्रदेश सभाको अंकगणित हेर्दा उनले विश्वासको मत पाउने सम्भावना न्यून छ ।
लुम्बिनीमा एमालेका २९, काँग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र एक स्वतन्त्र सांसद छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन चाहिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने
सर्वोच्चले दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैन–मुख्यमन्त्री यादव