काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद तारा लामा तामाङले वन्यजन्तु आरक्ष पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कञ्चनपुरलगायतका वन्यजन्तु आरक्ष पीडितहरूको समस्या सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
सांसद तामाङले सो सम्बन्धी समस्या पहिचानका लागि गठित न्यायिक समितिलाई अधिकार सम्पन्न बनाई कार्यादेश दिन पनि सरकारलाई दबाब दिए । उनले सरकारले आरक्ष पीडितहरूको समस्या समाधानका लागि गम्भीर नभएको र जनप्रतिनिधिको रूपमा आफूहरूले उठाएको मागलाई सम्बोधन गर्ने प्रयास समेत नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
उनले भने,‘म विनम्रतापूर्वक सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि आरक्ष पीडितहरूको समस्या छिटोभन्दा छिटो समापन गर्न त्यो न्यायिक आयोगलाई छिटोभन्दा छिटो अधिकार सम्पन्न बनाई, स्रोत सम्पन्न बनाई पठाइयोस् । त्यो अहिलेसम्म कार्यक्षेत्रमा पुगेको छैन ।’
सांसद तामाङले देशहरूका आरक्ष पीडितहरूले वन्यजन्तुको मार समेत व्यहोर्नु परिरहेकोतर्फ सरकार सचेत नभएको भन्दै आपत्ति समेत जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ