काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो ।
बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु सोलांकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए ।
नेपाललाई तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै किन्ती पटेल र शस्वात रावतलाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सोमपाल कामीले मोहित मोंगियालाई ३ रनमा बोल्ड गर्दा ३.४ ओभरमा २१–३ को अवस्थामा पुगेको थियो । त्यसपछि अमित पासी १४ रनमा रन आउट भए । दीपेन्द्रले उत्कृष्ट रन आउट गरेका थिए ।
एक समय २२(५ को दयनीय अवस्थामा पुगेको बरोडालाई छैटौं विकेटका लागि भानु र विष्णुले ५३ रनको साझेदारी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु