प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था माग गर्दै काठमाडौंमा हर्क साम्पाङको एकल प्रदर्शन

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १२ : ३९
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था माग गर्दै काठमाडौंमा हर्क साम्पाङको एकल प्रदर्शन

काठमाडौं। धरानका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था काठमाडौंमा एकल प्रदर्शन गरेका छन् । २०८४ को निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै उनले काठमाडौंको सडकमा एकल प्रदर्शन गरेका हुन् ।

काठमाडौं आएका बेला साम्पाङले मंगलबार बिहान सडक किनारमा एक्लै उभिएर प्रदर्शन गरेका हुन् । ‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’ लेखिएको ब्यानर बोकेको तस्वीर उनले आफ्नै फेसबुकमा राखेका छन् ।

धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर केही दिनअघि काठमाडौं आएका उनले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस