काठमाडौ । एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) बरोडासँग खेल्दै छ।
गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा हुने खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।
पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको नेपालले सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ।
उता आफ्नो पहिलो खेलमा गुजरातलाई ५ विकेटले हराएको बरोडा पनि नेपाली टोलीलाई हराउँदै लागातार दोस्रो जितको खोजीमा छ।
नेपालले बुधबार पुनः गुजरातसँग खेल्ने तालिका छ।शुक्रबार बरोडा विरुद्ध पुनः खेल्नेछ। शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित
यूएईमाथि नेपालको रोमाञ्चक जित
नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज यूएईसँग भिड्दै नेपाल
विश्वकपको छनोटको तयारी : आज कतारसँग प्रतिस्पर्धा गर्दै नेपाल
नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज