‘दान्भी’ मा पूजाको फरक शैली

सफल खबर संवाददाता

सोमबार, १९ चैत्र २०८०, २० : ४५
‘दान्भी’ मा पूजाको फरक शैली

काठमाडौँ । आगामी जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘दान्भी’ । फिल्मको काठमाडौँमा अहिले गीत र एक्सनको दृश्यको छायाङ्कन भइरहेको छ ।

फिल्मको सेटबाट नायिका पूजा शर्माका केही तस्बिरहरू बाहिरिएका छन् । जहाँ, पूजाको एक्सन अवतार देख्न सकिन्छ । तस्बिर फिल्मको पूजाको इन्ट्री दृश्य भएको निर्माण युनिटले जनाएको छ । 

फिल्ममा पूजाको अलवा कुन्साङ बोमजोम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । रुपेश तामाङ यो फिल्मका निर्देशक हुन् । 

प्रतिक्रिया दिनुहोस